एनआरएनएले बुझायो, एकीकृत नमुना बस्तीको प्रगति विवरण

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २९, २०७५

    - गैरआवासीय नेपाली संघ एनआरएनएले सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण बुझाएको छ । संघका तर्फबाट अध्यक्ष भवन भट्टले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई प्रगति विवरण बुझाउनुभएको हो ।

    एनआरएनएले सरकारलाई बुझाएको विवरणमा लाभग्रहीलाई घरहरु हस्तान्तरण गर्न आवश्यक कित्ताकाँट प्रकिया, लालपूर्जा उपलव्ध बनाउन निवेदन, परिमार्जित गुरु योजना, गोला प्रथाबाट तोकिएको लाभग्राहीको सूची र घर नम्बर सहितको आवश्यक कागजात समावेश रहेको अध्यक्ष भट्टले बताउनुभयो । सो क्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लाप्राक परियोजनामा निर्माण प्रक्रियामा प्राधिकरणको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    २०७२ बैशाख ११ को भूकम्पले ध्वस्त भएको बस्ती मध्येको एक लाप्राक नमुना बस्तीमा हाल ५ सय ७३ वटा घर निर्माणको अन्तिम चरणमा छन् । एनआरएनले ती घरहरु आगामी वर्षको वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।  

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्