छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा

काठमाडौं

    माघ २९, २०७५

    - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आगामी साउन १८–२० गते छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको छ । अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलन तयारी शुरु भएको छ । 

    सबै महादेशका प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।  केही विषयमा समूहगत छलफल समेत हुनेछन् । सम्मेलनमार्फत बेलायत घोषणापत्र पनि जारी गरिने बताइएको छ । अनेसासले यसअघि क्रमश: न्यूयोर्क, बेलायत, वासिङ्टन डिसी, जापान र अष्ट्रेलियामा गरी पाँच सम्मेलन सम्पन्न गरिसकेको छ । 

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्