बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा आयोजक र कोलकत्ता भिड्दै 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २९, २०७५

    - २१ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली कोलकत्ता एफसीसँग प्रतिस्पर्धा गर्दैछ । धरान रंगशालामा दिउँसो साढे २ बजे क्वाटरफाइनल भिडन्त सुरु हुनेछ ।

    घरेलु मैदान र दर्शकको साथमा रहेको आयोजक पाहुना टोलीको चुनौती पन्छाउदै सेमिफाइनल प्रबेशको योजनामा रहँदा, पाहुना टोली आयोजकलाई सहज रुपमा हराउने योजनामा रहेको छ । 

    यसअघि हिजो भएको दोस्रो क्वाटरफाईनलमा पोखराको साहारा क्लबलाई सडेन डेथमा हराउँदै विभागीय नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । २ बिदेशीसहित ८ टोली सहभागी गोल्डकपको बिजेताले ८ लाख रुपैयाँ हात पार्नेछन् । 

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्