स्पेनिस ला–लिगा : डिर्पोटिभो अलाभेषको सहज जित 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २९, २०७५

    - स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा डिर्पोटिभो अलाभेष जियी भएको छ । गएराती लेभान्तेलाई २–० ले हराउँदै अलाभेष, तालिकाको छैठौ स्थानमा उक्लिएको हो ।

    उसको जितमा भिक्टर लाग्वार्डीया र जोनी रोडग्रीवेजले गोल गरे । २३ खेलबाट ३५ अंक जोडेको अलाभेषले रियल बेटिसलाई पछि पारेको हो । चौथो स्थानको गेटाफेसँग समान अंक भएपनि अलाभेष, गोलअन्तरका आधारमा पछि पर्दै छैठौं स्थानमा रहेको हो । 

    यस्तै ईङलिस् प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा वोल्भरहेम्प्टन र न्यु क्यासल युनाईटेडले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा क्यु क्यासल अंक बाँड्न बाध्य भयो । ५६ औँ मिनेटमा ईसाक हेडनको गोलबाट अग्रता बनाएको न्युक्यासलविरुद्ध वोल्भरले ईन्ज्युरी समयमा गोल गरेको थियो । विल्ली बोलीले गोल गर्दै अंक खोसेका थिए । 

    यो बराबरीले न्युक्यासललाई तालिकाको १६ औँ स्थानमा पुर्‍याएको छ भने वोल्भर सातौँ अंकमा यथावत छ । 

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्