रुपन्देहीमा फस्टाउँदै तरकारी खेती

- अमृता अनमोल, रुपन्देही

    माघ २९, २०७५

    - गाउँगाउँमा व्यवसायिक तरकारी खेती सुरु गरेपछि रुपन्देही तरकारीमा आत्मनिर्भर बनेको छ । तथ्यांक अनुसार रुपन्देहीको ४ हजार १ सय ४७ हेक्टर क्षेत्रफलमा व्यवसायिक तरकारी खेती हुने गरेको छ । यसबाट वार्षिक ९० हजार ९ सय ९१ मेट्रिकटन तरकारी उत्पादन हुन्छ ।

    आलु बाहेक अन्य तरकारीमा जिल्ला आत्मनिर्भर रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रुपन्देहीको २० देखि २५ प्रतिशत हरियो तरकारी भैरहवा तथा बुटवलको थोक बजार केन्द्र हुँदै बाहिरी जिल्लामा निर्यात हुने गरेको छ । किसानद्धारा उत्पादित तरकारी गाउँ वा नजिकको बजारमै बेच्ने लक्ष्य अनुसार १ सय १ हाटबजार संचालनमा छन् । यो बाहेक बुटवल कृषि उपज थोक बजार केन्दले दैनिक करिब एक करोड र मायादेवी फलफूल तथा तरकारी बजार भैरहवाले ३० लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । बुटवलमा संकलन हुने तरकारीमध्ये ३० प्रतिशत रुपन्देहीको हो ।

    यस्तै मायादेवी बजारको ७० प्रतिशत तरकारी रुपन्देहीको हो । रुपन्देही मझगावा, सुर्यपुरा, मानपकडी, धमौली, भगवानपुर, खुदावगर, लगायतका क्षेत्र तरकारी खेतीको लागि पकेटको रुपमा अगाडि बढेका छन । करिब ५ सय व्यवसायीक तरकारी खेती गर्ने किसानहरु जिल्लामा क्रियाशील छन । जिल्लामा करिब एक हजार कृषक समूह छन् भने  १ सय ५० वटा कृषि सहकारी संस्था रहेको मन्त्रालयले जनाएको छ । 

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्