आंशिक खर्चबन्दी अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी सहमत

- रेडियो कान्तिपुर,

    माघ २९, २०७५

    - अमेरिकी सरकारको आंशिक खर्चबन्दी अन्त्यका लागि भन्दै सीमा सुरक्षा सम्बन्धी एक कोष बनाउन सत्तापक्ष रिपब्लिकन र डेमाक्रेटिक पार्टी सहमत भएका छन् । वासिङटनमा भएको छलफलमा सो समझदारी भएको बीबीसीले उल्लेख गरेको छ ।

    सीमामा भौतिक छेकबारका लागि संघीय बजेटमा १ अर्ब ३ सय ७५ करोड डलर उपलब्ध गराउने प्रस्तावमा प्रतिपक्षी सहमत भएको हो । राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि ५ अर्ब डलरको प्रस्तावमा अडान लिनुभएको छ ।

    सहमतीको विवरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गर्ने नगर्ने बारे भने स्पष्ट छैन । टेक्ससको एक कार्यक्रममा व्यस्त भएका ट्रम्पले समर्थन गरेपछि मात्रै सरकारको बन्द हट्ने बीबीसीले उल्लेख गरेको छ । मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन आवश्यक रकम प्रस्ताव गरिएको संघीय बजेट पारित गर्न तल्लो सदनलाई दबाब दिँदै आउनुभएको छ ।

    झण्डै ८ लाख संघीय सरकारका कर्मचारी तलबबिहीन भएको अवस्थामा अमेरिकि अर्थतन्त्रलाई सरकार बन्द हुँदा ११ अर्ब डलर घाटा भएको छ । 

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्