धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

- प्रदीप मेन्याङ्बो, धरान

    माघ २९, २०७५

    आयोजक धरान फुटबल क्लब, सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आज भएको तेस्रो क्वार्टरफाइनलमा पाहुना टोली कोलकत्ता एफसीलाई २–१ ले पाखा लगाउँदै आयोजक टोली अन्तिम ४ मा पुगेको हो ।

    धरानले दुबै गोल पहिलो हाफमै गरेको थियो । धरानको जितमा मीलन राई र वर्तमान राईले गोल गरे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोलि शसस्त्र प्रहरीको एपीएफ र क्यामरुनको दफिन्स फुटबल क्लबीच प्रतिस्पर्धा हुनेछ ।

    यसअघि सिएमजी संकटा र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्