हुम्लामा हवाइ सेवा सुचारु

- जय बहादुर रोकाया, हुम्ला

    माघ २९, २०७५

    – एक साता लामो हिमपात पश्च्यात अवरुद्द हुम्लाको हवाइ सेवा आजबाट सुचारु भएको छ ।  विमानस्थलमा जमेको हिउँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानिय प्रशासनको सहयोगमा पन्छाएपछि आजबाट हवाइ उडान सुचारु भएको हो । माघ २३ गतेबाट लगातार चार दिन परेको हिमपातका कारण सिमकोटमा चार फिट बाक्लो हिउँ जमेपछि हवाइ सेवा अवरुद्द भएको थियो ।

    यसअघि माघ दोश्रो साता पनि लगतार हिमपात हुँदा एक साता हवाइ उडान अवरुद्द भएको थियो । विमानस्थलको हिउँ पन्छाए पनि अन्य स्थानमा भने अझै दुई फिट बाक्लो हिउँ जमेको छ । सदरमुकाम आउजाउमा स्थानियलाइ अझै समस्या छ । हवाइ उडान सुचारु भए पनि सिमकोट बजारदेखि दक्षिण खार्पूनाथ सम्म ११ किलो मिटर सडकमा गुड्ने साना गाडी हिमपातपछि अवरुद्द भएका छन् । 

     

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्