प्रधानमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगारलाई होईन : श्रम मन्त्री बिष्ट | The Headliners

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    फाल्गुन १, २०७५

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले निश्चित मापदण्ड पुगेका बेरोजगार मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश हुने बताउनुभएको छ । निरपेक्ष गरिबीको रेखामुनी रहेका, बैदेशीक रोजगारीमा नगएका तथा सरकारले तोकेको सिमा भित्र रहेका परिवारका एक सदस्यले मात्र कार्यक्रममा सहभागी हुन पाउने बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री बिष्टले सबै बेरोजगारलाई यो कार्यक्रमले नसमेट्ने उल्लेख गर्नुभयो । गरिब तथा बिपन्न परिवारको आर्थिक अबस्था सुधारका लागी सरकारले यो कार्यक्रम सुरु गर्न लागेको भन्दै मन्त्री बिष्टले आगामी चैत्रभित्रमा देशभरका बेरोजगारको तथ्यङक सरकारले संकलन गर्ने बताउनुभयो ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    प्रकाशित:फाल्गुन १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्