कहाँ छ विवाद ? सब समाचार झुटा हुन् : बिमलेन्द्र निधि | The Headliners | 14 Feb 2019

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    फाल्गुन २, २०७५

    कहाँ छ विवाद ? सब समाचार झुटा हुन् : बिमलेन्द्र निधि |The Headliners |

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको लामै समय भयो तर महासमितिले अनुमोदन गरेको विधान तथा राजनीतिक र आर्थिक प्रतिवेदन पारित हुन सकेको छैन । विधानमाथि सदस्यहरुले पक्षविपक्षमा धारणा राख्नेक्रम बढेपछि बैठक लम्बिएको हो । बुधवारको बैठकबाट सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि फागुन ९ गते बस्ने  बैठकबाट विधान पारित गर्ने तयारी कांग्रेसको छ । केन्द्रीय पदाधिकारी र सदस्य स्वत: महाधिवेशन प्रतिनिधि बन्ने तथा पूर्व पदाधिकारी र सदस्य, सांसद तथा उम्मेद्वार, जिल्ला सभापति, क्षेत्रीय सभापति एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि हुन पाउने प्रावधान छ । यो प्रावधान विधानबाट हटाउनु पर्ने माग गर्दै संस्थापन इतर पक्षका नेताहरुले धारणा राख्ने र सभापति शेरबहादुर देउवालाई दवाव दिने क्रम बढेपछि कांग्रेस पार्टीको विवाद समाधानमा केन्द्रित बनेको हो । पार्टीको विवाद र सरकारको एक वर्षे कार्यकालबारे बिहीवारको द हेडलाइनर्समा कांग्रेसका उपसभापति बिमलेन्द्र निधिसँग कुराकानी गरेका छौं ।

    The Headliners with Bimalendra Nidhi  | RJ Tajendra Kafle | 14 February  2019

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली  कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्मासँग भोलिबाट सुरु हुन लागेको नेपाली कांग्रेसको महासमितिको बैठक तथा शिर्ष तहमा देखिएको असहमति अनि तिनको समाधानका लागि भइरहेको प्रयासका बारे कुराकानी गरिरहेका छौँ |

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    The Headliners interview with Bimalendra Nidhi

    (Vice President, Nepali Congress)

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    प्रकाशित:फाल्गुन २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्