रूपन्देहीमा खाद्य मेला

- अमृता अनमोल, रूपन्देही

    फाल्गुन ३, २०७५

    -स्थानीय साना घरेलु कृषिजन्य खाद्य उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले रूपन्देहीको देवदहमा आज खाद्य मेला आयोजना हुँदै छ ।

    परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नारा सहित  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले देवदह मण्डपमा ३ दिने खाद्य मेला गर्न लागेको हो । मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिने कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर राईले जानकारी दिनुभयो ।

    मेलामा खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी खाद्य वस्तुका परिकार प्रदर्शनी एवम् बिक्रीसमेत गरिने छ । मेला ७० वटा स्टल छन् । त्यसमा नि:शुल्कको अवलोकन र नि:शुल्क स्टल राख्ने व्यवस्था छ ।

     

    प्रकाशित:फाल्गुन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्