कर्मचारी समायोजन विधेयक अन्तिम प्रक्रियामा

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ३, २०७५

    - प्रतिनिधिसभामा आज राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयक, प्रतिवेदन सहित प्रस्तुत गर्दैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन ३ गते भित्र समायोजन सक्ने दावी गरेपनि विधेयक भने बल्ल पारितको अन्तिम प्रक्रियामा प्रवेश गर्न लागेको हो ।

    दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा समिति सभापति शशि श्रेष्ठले कर्मचारी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

    सो विधेयकमाथि परेका ३३ वटा संशोधन परेका छन् । बिहान ११ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकले विधेयकलाई अन्तिम रुप दिने र दिउँसो बस्ने प्रतिनिधिसभामा प्रस्तुत गर्ने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनु्भयो । सम्भवत: आजै दोस्रो बैठक बसी कर्मचारी समायोजन विधेयक पारित गर्ने तयारी सचिवालयको छ । 

    यस्तै प्रतिनिधिसभाले आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ । सरकारले आजैको बैठकमा संघीय निजामती सेवा विधेयक समेत टेबुल गर्ने सचिवालयले जनाएको छ । 

    यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो ४ बजेका लागि बोलाईएको छ । 

    यसैबीच केही संसदीय समितिहरुको बैठक पनि आजै बस्दैछ । अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक ११ बजे, दिगो विकास तथा सुशासन समितिको बैठक २ बजे र विधायन समितिको बैठक १ बजे बस्ने सहप्रवक्ता अर्यालले बताउनुभयो । 

    प्रकाशित:फाल्गुन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्