चट्याङ परेर आगलागी हुँदा ५ लाख बराबरको क्षति

- दुर्गालाल केसी , काठमाडौं

    फाल्गुन ३, २०७५

    - दाङको गढवा गाउँपालिका ७ विजयपुरस्थित बालाराम बिकको घरमा आज विहान चट्याङ परेर आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ ।

    फुसले छाएको दुई तले कच्ची घरमा चट्याङ परी आगलागी हुँदा जलेर बिककी श्रमीती ७४ बर्षीया मोती बिक घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो । घाइते बिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

    प्रकाशित:फाल्गुन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्