प्रतिनिधि सभामा आज : सांसदको सवालमा मन्त्रीको जवाफ

काठमाडौं

    फाल्गुन ६, २०७५

    - प्रतिनिधि सभामा आज विभिन्न चार मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिंदै छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रश्नोत्तरमा सहभागि हुने कार्यसूची छ ।

    आजको बैठकमा चार जना मन्त्रीसँगको मौखिक प्रश्नोत्तर राखिएको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । सचिवालयले प्रतिनिधि सभाको नियमावली २०७५ को नियम ४१ बमोजिम सांसद मन्त्री प्रश्नोत्तरको कार्यसूची तय गरेको हो । नियमावलीको नियम ४१ मा सभामुखले अन्यथा आदेश दिएमा बाहेक प्रत्येक दिनको पहिलो बैठकको एकघण्टा प्रश्नोत्तरको लागि निर्धारण गरिने उल्लेख छ । 

    यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा लोक सेवा आयोग विधेयक टेवल गर्ने कार्यसूची छ । मुलुक संघीयतामा गएपछि केन्द्रमा रहने लोक सेवा आयोगको काम कर्तव्य र अधिकार तोकिएको सो विधेयक सरकारले आजको बैठकमा टेवल गर्न लागेको हो । यस्तै संघीय निजामति सेवा विधेयकमाथि सैद्धान्तिक छलफल हुँदा लेखा परिक्षण विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित हुने सचिवालयले जनाएको छ ।

     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्