गेलद्वाारा एकदिवसीय क्रिकेटमा सन्यासको घोषणा

- रेडियो कान्तिपुर,

    फाल्गुन ६, २०७५

    - वेष्टईण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । यसैबर्ष ईङल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपपछि उनले वन डे अन्तर्राष्ट्रियबाट सन्यास लिने घोषणा गरेका हुन् । 

    ३९ वर्षीय गेल अन्तर्राष्ट्रिय क्रिकेटको कीर्तिमानधारी ब्याट्सम्यान हुन् । सन् १९९९ मा वन डे अन्तर्राष्ट्रियमा डेब्यु गरेका गेलले २ सय ८४ वन डेमा ९ हजार ७ सय २७ रन प्रहार गरेका छन् । युवा पुस्तालाई टोलीमा सहज स्थानका लागि आफुले सन्यासको घोषणा गरेको उनले बताएका छन् । उनी बुधबारबाट सुरु हुने ईङल्याण्डसँगको ५ म्याचको वन डे सिरिजमा पनि टोलीमा रहेका छन् । 

    उनले एकदिवसीय क्रिकेटमा २३ शतक प्रहार गरिसकेका छन् ।

    सन् २०१५ मा जिम्बाबेविरुद्ध प्रहार गरेको २ सय १५ रन एकदिबसीय क्रिकेटमा उनको सर्बाधिक स्कोर हो । यो स्कोर एकदिवसीय ईतिहासको चौथो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । हालसम्म ६ जनाले मात्र वन डे क्रिकेटमा दोहोरो शतक प्रहार गरेका छन् । 

    ब्याटसम्यानको भुमिकामा उदाएका उनले पार्ट टाईम बलिङ पनि गरेका छन् । जसमा उनको नाममा १ सय ६५ विकेट समेत रहेको छ । 

     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्