महिला विश्वकपको एसियाली छनोट थाईल्याण्डमा सुरु 

- रेडियो कान्तिपुर,

    फाल्गुन ६, २०७५

    - अष्ट्रेलियामा सन् २०२० मा हुने ट्वान्टी–२० र सन् २०२१ मा न्युजिल्याण्डमा हुने वन डे महलिा विश्वकपको एसीयाली छनोट प्रतियोगिता सुरु भएको छ । थाईल्याण्डमा प्रतियोगिताको पहिलो दिन आज विभिन्न तीन खेल हुँदैछन् ।

     प्रतियोगीताको उद्घाटन खेलमा अहिले आयोजक थाईल्याण्ड र चीन तथा कुबेत र मलेसियाबीच प्रतिस्पर्धा भईरहेको छ । आजै दिउँसो युएई र हङकङबीच पनि आमने सामने हुनेछन् । 

    नेपालपनि सहभागी प्रतियोगितामा ७ राष्ट्र सहभागी छन् ।

    नेपालले आफ्नो पहिलो खेलमा भोलि मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एसीयाली छनोटमा आयोजक थाईल्याण्ड, नेपाल र युएई मुख्य दाबेदार टोली हुन् । सात राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले टी–२० र वन डे विश्वकपमा सहभागिता जनाउनेछन् । 

     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्