कान्तिपुर कन्क्लेभको दोस्रो दिन : ९ वटा सत्रमा छलफल हुँदै

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ६, २०७५

    - कान्तिपुर कन्क्लेभको दोस्रो दिन आज विभिन्न शीर्षकमा छलफल हुँदैछ । आर्थिक क्षेत्रका हरेक पक्ष र सम्भावनाको खोजी कान्तिपुर कन्क्लेभमा आज ९ वटा फरक बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले धारणा राख्नेछन् । कन्क्लेभको दोस्रो दिनका सत्रहरु अहिले केहीबेरमा सुरु हुनेछन् ।

    २०३० सम्ममा नेपाल, पर्यटन क्षेत्रमा अनुभव र उत्पादन, लगानी र त्यसको आधार, के नेपालले गर्न सक्छ ?, विश्व समुदायमा नेपालको अवस्था, मुख्यमन्त्रीहरुसँग मुखामुख, पौरखी प्रवासी र मूलदेश, पुरुषको दाजोमा महिला कहिले ? र फर्केर के पाईन्छ शीर्षकमा सम्बन्धित विज्ञ र जानकारले धारणा राख्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, सातै प्रदेशका मुख्यमन्त्री, विश्व बैंकका प्रतिनिधि, उद्योगी, व्यवसायी, अर्थशास्त्रीलगायत बिभिन्न क्षेत्रका विज्ञहरु आजका सत्रमा सहभागी हुनु हुनेछ ।

     दोस्रो दिनका सवै सत्रको रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् । 

    यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ठूलो सम्भावना बोकेको मुलुक भएकाले लगानीका लागि अन्तराष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो ।

    नेपालका लागि विश्व बैंककी निर्देशक आइडा स्वाराई रिद्धिहौंले आर्थिक बृद्धि र अवसर वितरणलाई नेपालले सन्तुलन गर्न सक्नु पर्ने बताउनुभयो । भारतको बिडला कर्पोरेसनका सन्दीप घोषले आर्थिक सम्बृद्धिका लागि नेपालले तुलनात्मक लाभको क्षेत्र पहिचान गर्नुपर्ने धारणा राख्नु भएको थियो ।     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्