जम्मु काश्मिरमा अर्को भीषण भीडन्त

- रेडियो कान्तिपुर,
  • सेनाका १ मेजरसहित ४ जवानको मृत्यु

फाल्गुन ६, २०७५

- भारत प्रशासित जम्मु काश्मिरमा आज बिहान भएको मुठभेडमा भारतीय सेनाका एक मेजर सहित चार जवानको मृत्यु भएको छ । पुलवा जिल्लाको पिंगलेनामा विद्रोही लडाकु र सेनाबीच रातभर गोलीहानाहान भएको हो । गोली हानाहानमा एक जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका  छन् ।

मुडभेडमा २ जना विद्रोही मारिएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । मध्यरातबाटै सुरु मुठभेडमा बिहान केहीबेर फायरिङ रोकिएपनि घरघरमा सर्च अप्रेशन जारी रहेको जनाइएको छ । सो स्थानलाई सेनाले घेराबन्दीमा राखी कफ्र्यु लगाइएको छ ।

चार दिन अघि मात्र बिद्रोहीको आक्रमणमा भारतीय अर्धसैसनक बलका ४० जनाको मृत्यु भएको थियो । 

प्रकाशित:फाल्गुन ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्