विषादी प्रयोग मुक्त सप्ताह सुरु 

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    फाल्गुन ६, २०७५

    - कृषि क्षेत्रमा विषादीको अत्याधिक प्रयोग नियन्त्रणका लागि चेतना फैलाउने उद्देश्यले आजबाट विषादी प्रयोग मुक्त सप्ताह मनाइँदैछ । कृषि तथा  पशुपन्छी मन्त्रालयको आह्वानमा सुरु गर्न लागिएको सप्ताहको आज काभ्रेको बनेपाबाट गरिएको छ ।

     सप्ताहको पहिलो दिन आज बिहानै काभ्रेको बनेपामा प्रभातफेरिको आयोजना गरिएको थियो । मन्त्रालयले आजबाट ७ वटै प्रदेशमा विशेष अभियान सहितका विभिन्न सचेतनामुलक कार्यक्रम गर्न निर्देशन दिएको छ । पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादी मुक्त कृषिको आवश्यकता भन्ने नारा सहित सातै प्रदेशमा यो सप्ताह मनाइने मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ  । सरकारले मानव स्वास्थ्यका लागि घातक मानिएका ५ प्रकारका विषादीमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापनका अनुसार यस अघि नै सरकारले विभिन्न १६ प्रकारका घातक विषादीमा प्रतिबन्ध लगाइसकेको छ ।

      विश्वमा विषादीयुक्त खानेकुराका कारण वार्षिक ३ लाख बढी मानिसको ज्यान जाने गरेको बताइन्छ । खेतबारीमा प्रयोग हुने विषादीले शत्रु जीव मात्रै नभई मित्रु जीव समेत नाश भई  इको सिस्टम नै प्रभावित हुने विज्ञहरु बताउँछन् । ओजन तह क्षयमा विषादीको भार ६ प्रतिशत माथि रहेको छ । केन्द्रका अनुसार नेपालमा  सन् १९५२ मा पहिलो पटक  मलेरिया नियन्त्रणका लागि भित्रिएको विषादीको प्रयोग अत्याधिक छ ।

    गत आर्थिक वर्षमा ६ सय ३५ मेट्रिक टन विषादी आयात भएको थियो । तीमध्ये कीटनाशक १ सय ६९ मेट्रिक टन, रोगनाशक ३ सय ४७, मेट्रिक टन, झारनाशक १ सय ५ मेट्रिक टन र अन्य १४ मेट्रिक टन रहेका छन् । नेपालमा तरकारीबालीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग भइरहेको केन्द्रले जनाएको छ ।  तरकारी बालीमा करीब ८५ प्रतिशत विषादी प्रयोग हुने गरेको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने विषादीको प्रयो बडेसँगै विभिन्न प्राणघातक रोग समेत फैलने गरेको  सरोकारवाला बताउँछन् । 

     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्