संघीयता नचाहने नै नेतृत्वमा छन् : मुख्यमन्त्री राउत

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ६, २०७५

    कान्तिपुर कन्क्लेभ अन्तर्गत प्रदेश सरकारहरुसंग मुखामुख कार्यक्रमको शुरुमै कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले  मुख्यमन्त्रीहरुलाई तिखो प्रश्न गरे, संघसंग तपाईहरुको  मुख किन नमिलेको, जवाफमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले संघले आफ्नो मात्रै भाषा बोल्दा समस्या भएको प्रतिकृया दिए ।

    कार्यक्रमको अन्तिमसत्र मुख्य मन्त्रीसंग मुखामुख कार्यक्रममा प्रदेश सरकारले भोग्नुपरेका चुनौती र अवसरहरुका बारेमा छलफल भएको थियो । अधिकांश मुख्यमन्त्रीहरुले संघीयताको मर्म अनुसार केन्द्रले प्रदेशलाई अधिकार नदिएको गुनासो समेत गरे । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ६ महिनासम्म कामै गर्न नपाएको बताउनुभयो । 

    प्रदेश २ का मुख्य मन्त्री महोम्मद लालवावु राउतले भने संघ र प्रदेशको तालमेल नमिल्नुमा राजनीतिक चरित्रलाई मुख्य दोष दिए । संघीयता नचाहने शक्ति नै नेतृत्वमा रहँदा समस्या भएको राउतको भनाई छ ।

    संघीयता पहिलो अभ्यास भएकाले परिणाम खोजी हाल्नुपनी हतारो हुने प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताए । संघीयताको कोर्ष ठिक गतिमा अघी वढीरहेको उनको भनाई छ । 

    प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनताले पाउने सेवामा उल्लेख्यी परिवर्तन आउनु सकारात्मक भएको दावी गरे । मुलुक संघीयतामा जाँदा प्रशासनिक खर्च मात्रै वढ्यो भन्नेहरुलाई मुख्यमन्त्री पोखरेलले जनताले पाएको सेवाको पनि मुल्याङकन गर्न आग्रह गरे ।

    कर्णाली प्रदेशका मुख्य मन्त्री महोन्द्र वहादुर शाहीले केन्द्रीकृत मानसिकता परिवर्तन गर्नु नै मुख्य चुनौती भएको बताए । संघीयतालाई गलत व्याख्या गरेर विवाद सृजना गर्नुभन्दा कार्यान्व्यन गर्न सवैको ध्यान जानुपर्ने उनको भनाई छ ।

    कार्यक्रममा सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी भएनन् । कान्तिपुर कन्क्लेभमा केन्द्र र प्रदेशवीचको अलमल चिर्ने प्रयास गरिएको थियो । व्यवस्था बदलीयो तर देश बदलिएन भन्ने आम गुनासोका बीच मुख्यमन्त्रीहरुले संघीयताको आधारहरु भने खडा गर्न सफल भएको प्रदेश मुख्य मन्त्रीहरुले दावी गरेका छन् । 

     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्