‘नेपालको क्षमता उजागर गर्ने’ कान्तिपुर कन्क्लेभ सम्पन्न

काठमाडौं

    फाल्गुन ६, २०७५

     - कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘नेपालको क्षमता उजागर गर्ने’ शीर्षकको कान्तिपुर कन्क्लेभ सकिएको छ । मुलुकका जटिल समकालीन मुद्दाहरुबारे सोही क्षेत्रका विज्ञहरुले राजधानीमा २ दिनसम्म रचनात्मक छलफल गरेका थिए ।

    कन्क्लेभको दोस्रो दिन आज ‘नेपाल फर्केर के पाईन्छ ?’, ‘पुरुषको दाँजोमा महिला कहिले ?’, ‘विश्व समुदायमा नेपालको उपस्थिति’, ‘विदेशमा सिकौं नेपालमा अभ्यास गरौं’, ‘सूचना प्रविधिमा नेपाल’, ‘पौरखी प्रवासी र मूलदेश’, ‘पैसा कहाँ छ ?’, ‘पर्यटन : उत्पादन देखि अनुभवसम्म’, ‘२०३० तर्फ’, ‘मुख्यमन्त्रीहरुसँग मुखामुख’ लगायत विषयमा छलफल भएका थिए ।

    कन्क्लेभमा मुलुक र मुलुकबासीले सामना गरिरहेका कठिन चुनौतीहरुलाई कसरी सिर्जनात्मक उपयोग गर्न सकिन्छ भन्नेबारे विज्ञहरुले विमर्श गरेका थिए ।

     

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्