डीपीएल : अत्तरिया शिर्ष स्थानमा, भोली हुने क्वालिफायरमा आजकै टोली भिड्ने

- लक्ष्मी जिसी, धनगढी

    फाल्गुन ७, २०७५

    - सिवाईसी अत्तरिया र काठमाडौ गोल्डेन्स नै धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको क्वालिफायरमा भिड्ने भएका छन् । भोलिको विजेताले सोझै फाइनलमा स्थान बनाउदा पराजित हुने टोलीले अन्तिम दुईमा प्रवेशका लागि अर्को एउटा मौका पाउनेछ ।

     प्रतियोगिताको एलिमेनेटर खेलमा अंकतालिकाको तेस्रो रुपन्देही च्यालेन्जर्स र चौथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । रुपन्देही र महेन्द्रनगरबीचको विजेताले क्वालिफायरमा पराजित हुने टोलीसग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

    धनगढीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौलाई ७ विकेटले हराउादै अत्तरिया अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । ५ खेलमा ४ मा जित र १ मा हार भोगेको अत्तरिया ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो ।

    जारी डिपिएलमा पहिलो हार भोगेको काठमाडौ ७ अंकमा दोस्रो स्थानमा छ । रुपन्देहीको ६ र महेन्द्रनगरको ४ अंक छ । विराटनगर किंग्स र धनगढी स्टार्स भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

    काठमाडौ गोल्डेन्सले दिएको ७६ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हासिल गर्‍यो । अत्तरियाका लागि जयकिशन कोल्सावालाले ३३ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरि २० र सन्दिप जोरा ७ रनमा नटआउट रहे । प्रेम तामाङले १० र सुवेन्दु पाण्डेले ७ रन जोडे । 

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले लिग चरणको अन्तिम खेलमा निर्धारित २० ओभरमा ७५ रन जोड्दा अलआउट भयो । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको काठमाडौको ईनिङ्स कप्तान ज्ञानेन्द्र मल्लले केही उकासेपनि ३२ रन जोड्दा रन आउट भए ।

    योगेन्द्र कार्कीले १३ र अकिंत धवासले १० रन बटुल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । अत्तरियाका दिपेन्द्रसिंह ऐरिले ३ तथा रामनरेश गिरिले २ विकेट झारे ।

     

    प्रकाशित:फाल्गुन ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्