पब्लिकेसन्सको वार्षिकोत्सवको अवसरमा विजेताहरु पुरस्कृत

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ७, २०७५

    कान्तिपुर पब्लिकेसन्सको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद विधामा प्रथम, द्धितीया तृतिया हुनेलाई आज पुरस्कृत गरिएको छ । पब्लिकेसन्स परिसरमा आज आयोजित कार्यक्रममा खेलकुद विधामा प्रथम, द्वितीया र तृतीय हुनेलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

    ब्याडमिन्टन महिला एकलतर्फ चाँदनी नगरकोटी प्रथम, अपूर्वा भट्टराई द्वितीया र शिल्पा पौडेल तृतीय भए । उनीहरुले प्रमाण पत्र सहित क्रमश : ५, ३ र २ हजार रुपैयाँ पुरस्कार पाए ।

    ब्याडमिन्टन पुरुष डबल तर्फ पुष्पराज गिरी र कुमार न्यौपानेको टीम प्रथम भए । उनीहरुले प्रमाण पत्र सहित जनही ५ हजार रुपैयाँ पाए । यस्तै, योगेन्द्र मानपति र विपिन स्वाँरको टीम द्वितीय भए । उनीहरुले प्रमाणपत्र सहित जनही ३ हजार रुपैयाँ पाए । प्रसाङ्क गोयल र अनुपम अधिकारीको टीम तृतिया भए । उनीहरुले प्रमाणपत्र सहित जनही दुई हजार रुपैया पाए । 

    टेबल टेनिस महिला एकलतर्फ विपास्ना तामाङ प्रथम भए । यस्तै, निहारिक ज्ञवाली द्वितीय र चाँदनी नगरकोटी तृतीय भए । उनीहरुले प्रमाणपत्र सहित क्रमश : ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे । टेबल टेनिस पुरुप डबल तर्फ नितेश श्रेष्ठ र हरिकृष्ण श्रेष्ठको टीम प्रथम हुँदा विपिन स्वाँर र सुशील स्वाँर द्वितीय तथा योगेन्द्र मानपति र अमर प्रधान तृतीय भए । 

    यस्तै, फुटसलतर्फ कान्तिपुर पब्लिकेसन्सको टीम किशोरको टोली प्रथम भए । उनीहरुले प्रमाणपत्र सहित नगद १८ हजार रुपैयाँ पाए । यस्तै, कान्तिपुर टिभि तर्फबाट निहारिका ज्ञवालीको टोली द्वितीय हुँदा पब्लिकेसन्सको तर्फबाट चाँदनी नगरकोटीको टोली तृतीय भए ।

    फुट्सलमा कान्तिपुर डिजिटल कर्पको तर्फबाट कुशुम श्रेष्ठ बेस्ट प्लेयर घोषित भइन् । उनले प्रमाण पत्र सहित २ हजार रुपैयाँ हात पारे । यस्तै, कान्तिपुर क्वीज तर्फ विनोद घिमिरे, विवेक सुवेदी र चन्दन कुमार मण्डलको टोली प्रथम भए ।

    उनीहरुले प्रमाणपत्र सहित ९ हजार रुपैयाँ पुरस्कार पाए । स्वरुप आचार्य, कुलचन्द्र न्यौपाने र दुर्गा खनालको टोली द्वितीय तथा प्रविन अर्याल, अनुप कक्षपति र रितेश घिमिरेको टोली तृतीय भए । 

    प्रकाशित:फाल्गुन ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्