‘देशभित्र रहे नी’ सार्वजनिक

काठमाडौं
  • 'मेरो धर्म नेपाली, मेरो जात नेपाली जहाँ म भए नि दिनरात नेपाली '

फाल्गुन ८, २०७५

- पछिल्लो समय विदेशमा बस्ने नेपालीहरु आफ्ना सन्तानलाई देश चिनाउने अभियानको सुरुवातबारे  बहसमा जुटेका छन् ।  दोस्रो पुस्तालाई नेपाल, नेपाली भाषा, यहाँका कला र संस्कृतिसँग साक्षात्कार गराउनुपर्नेमा उनीहरुको जोड रहेको छ । विदेशमा रहेका दोश्रो पुस्तालाई आफ्नै कला संस्कृतिसँग जोड्ने पुल निर्माणका लागि सरकारसँग निरन्तर छलफल अन्तरक्रिया समेत भइरहेका छन् ।

 यसैमाझ विदेशमा रहेकी एक बाल गायिकाले गाएको गीतले यो विषयलाई थप जोड दिएको छ ।  अष्ट्रेलिया बस्दै आएकी बाल गायिका आयुष्का खनियाँको नयाँ गीत ‘देशभित्र रहे नी’ सार्वजनिक गरिएको छ । जसमा नेपाली जहाँ रहेपनि नेपालपन अलग नहुने भाव दर्साइएको छ ।  डाक्टर कृष्णहरि बरालका शब्द रहेको यस गीतमा गैरे सुरेशले संगित भरेका छन् ।

राष्ट्र भावले सजिएको गीत मंगलबार आयुष्का खनियाँकै आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा ललितपुर गोदावारीका सुन्दर दृश्य कैद गरिएका छन् ।  म्युजिक भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गर्नुभएको हो ।

सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गर्नुभएको हो । सम्पादन सुरेश राउतको रहेको छ । गीतमा गायिका आयुष्का खनियाँ सहित बि मानव आर्ट स्टुडियोका बालबालिकाहरुको अभिनय रहेको छ । 

 

प्रकाशित:फाल्गुन ८, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्