हिम पहिरोमा परी ४ जनाको मृत्यु

- रेडियो कान्तिपुर,

    फाल्गुन ८, २०७५

    - स्वीटजरल्याण्डको एल्प्समा हिम पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परी अर्का एक जना घाइते भएका छन् । स्कि गर्ने एक रिर्साेट पहिरोमा पुरिँदा पर्यटकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । २ सय ४० उद्धारकर्मीको टोली सो क्षेत्रमा फसेकाको उद्धारका लागी खटिएका छन् । १२ जना अझै फसेको अनुमान गरिएको छ ।

    खोजीका लागि हेलिकप्टर र कुकुरको समेत प्रयोग गरिएको छ । ४ सय मिटर अग्लो पहिरोमा पुरिएको सो क्षेत्रमा उद्धार टोलीले रातभरी नै खोजीमा खटिएको छ । अत्यन्त सुरक्षित मानिएको सो क्षेत्रमा यसअघि दुई स्कि महिला विश्वकपका प्रतियोगिता समेत भएका थिए । 

    प्रकाशित:फाल्गुन ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्