सिवाईसी अत्तरिया डीपीएलको फाइनलमा

- लक्ष्मी जिसी, धनगढी

    फाल्गुन ८, २०७५

    सिवाईसी अत्तरिया रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउादै अत्तरिया उपाधि नजिक पुगेको हो । काठमाडौंसँग भने फाइनलमा स्थान बनाउन अझै एक मौका छ ।

    काठमाडौंले भोलि हुने एलिमिनेटर्सको विजेतासाग दोस्रो क्वालिफयर्स खेल्नेछ । दोस्रो एलिमेनेटर्समा भोलि रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । 

    धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर्समा अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य पछएको काठमाडौं १८ दशमलव ३ ओभरमा ६९ रन जोड्दा अल आउट भयो । गौरव तोमरले बनाएको २६ रन नै काठमाडौंका लागि सर्वाधिक रह्यो ।

    कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । काठमाडौंलाई कम स्कोरमा रोक्न सन्नी पटेलले ३ तथा भुवन कार्की र कमल सिंहले समान २ विकेट लिए । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय  १० रन जोड्यो । आक्रमक ब्याटिङ गरेका सन्नी पटेलले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडे ।

    कप्तान दिपेन्द्रसिंह ऐरीले ३४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान सुवेन्दु पाण्डे १६ र जयकिशन कोल्सावाला १३ रन जोड्दै पभेलियन फर्किए । काठमाडौंका अंकित दवास र सूर्य तामाङले समान २ विकेट लिए । रासिद खान र योगेन्द्रसिंह कार्कर्ीको नाममा एक एक विकेट रह्यो ।  

    प्रकाशित:फाल्गुन ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्