ट्रम्प प्रशासन र क्यालिफोर्निया राज्यबीच तनाव

- रेडियो कान्तिपुर,

    फाल्गुन ९, २०७५

    - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र क्यालिफोर्निया राज्यबीचको तनावले नयाँ मोड लिएको छ । ट्रम्प प्रशासनले संघीय बजेट पारित गर्न संकटकाल घोषणा गरेको विरुद्ध अदालत गएको क्यालिफोर्निया राज्यलाई संघीय बजेटबाट प्राप्त रकम फिर्ता गर्न ट्रम्पले चेतावनी दिनुभएको छ । संघले दिएको २ दशमलभ ५ अर्ब डलरको सहयोग क्यालिफोर्नियाबाट फिर्ता लिने ट्रम्पले दाबी गर्नुभएको छ ।

    तिव्र गतिको रेल सेवा सञ्चालनका लागी प्रदान गर्न लागिएको ९ करोड २९ लाख अमेरिकि डलरको कार्यक्रम रद्धको प्रक्रिया सुरु गर्ने राष्ट्रपति ट्रम्पले बताउनुभएको हो । ट्रम्पले क्यालिफोर्नियाको प्रादेशिक सरकारसँग राजनितिक प्रतिशोध साध्न खोजेको प्रतिपक्षी डेमोक्रेटिक पार्टीले आरोप लगाएको छ ।

    १६ वटा अन्य राज्यको गठबन्धनको नेतृत्व गर्दै क्यालिफोर्निया प्रादेशिक सरकारले संघीय सरकारको संकटकाल लगाउने निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । 

    प्रकाशित:फाल्गुन ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्