बंगलादेश : गोदाममा आगलागी हुँदा ७० जनाको मृत्यु

- रेडियो कान्तिपुर,

    फाल्गुन ९, २०७५

    - बंगलादेशको ढाकास्थित रसायन राखिने एक गोदाममा आगलागी हुँदा  ७०  जनाको मृत्यु भएको छ । बाक्लो वस्ती रहेको क्षेत्रमा भएको आगलागीले ठूलो जनधनको क्षति भएको हो । वस्तीसँगै रहेको गोदामबाट आगलागी सुरु भएको बीबीसीले उल्लेख गरेको छ ।

    रातभरी लागेको आगो विहान मात्रै नियन्त्रणमा आएको हो । ग्यासको सिलिण्डरबाट सुरु भएको आगोले सँगै जोडिएका चार घर समेत पूर्णरुपमा नष्ट भएको थियो । साँघुरा गल्ली रहेको सयौं वर्ष पुरानो चौकबजारमा सुरक्षाको मुख्य चुनौती रहेको छ । 

    प्रकाशित:फाल्गुन ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्