नेकपाले कार्यदलको म्याद थप तथा आगामी रणनीतिबारे छलफल गर्दै

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन १०, २०७५

    - पार्टीको तल्लो कमिटीको एकता प्रक्रियालाई गति दिन गठित कार्यदलको म्याद थप तथा आगामी रणनीति तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पुनः बस्दैछ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहिबेरपछि बस्ने बैठकमा कार्यदलको म्याद थप गर्ने/नगर्ने तथा अब कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुने सचिवालय सदस्य समेत रहनुभएका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

    कार्यदलले पुर्ण प्रतिवेदन बुझाउन १ साताको समय आबश्यक रहेको भन्दै हिजोको बैठकमा समय माग गरेको थियो । यद्यपी सचिवालय सदस्यहरु म्याद थप गर्ने/नगर्ने भन्ने बिषयमा विभाजित भएकाले सहमति जुट्न सकेको छैन ।

     कार्यदलले हालसम्म गरेका कामको प्रतिवेदन सहित हिजोको बैठकमा बुझाएको सुझावका सम्बन्धमा पनि सचिवालय बैठकमा छलफल हुने नेता खनालले बताउनुभयो । पटक–पटक म्याद थप्दा पनि कार्यदलले अन्तिम प्रतिबेदन दिन नसकेपछि नेकपामा तल्लो कमिटिको एकता प्रक्रिया अन्योलमा पर्दै गएको छ ।  

    कार्यदल समस्य बेदुराम भुषालले भने मापदण्ड निर्माणको क्रममा रहेकाले त्यसलगत्तै एकता प्रक्रियाको बाँकी काम टुंगीने बताउनुभयो । कार्यदलले मुख्य गरी एकताको मापदण्ड निर्माणमा समय खर्चिएकाले समय लागेको भुषालको भनाई छ । 

     

    प्रकाशित:फाल्गुन १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्