प्रधानमन्त्री ओली र बेलायती रक्षा सहायक मन्त्रीबीच भेटवार्ता 

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन १०, २०७५

    प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती रक्षा साहायक मन्त्री मार्क ल्यांकास्टरबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा ब्रिटिस गोर्खाहरुको विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो ।

    “ब्रिटिस गोर्खाहरुको विषयमा वहाँहरुले जुन एउटा टेक्निकल कमिटी बनाएर रिर्पोट तयार गर्नुभएको छ । त्यसको बारेमा वहाँहरुले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ” सल्लाहकार डा.भट्टराईले भन्नुभयो “टेक्निकल कमिटीले कसरी काम ग¥यो । अहिले नयाँ प्याकेजहरु तयार गर्दैछौं । ती प्याकेजहरु सकारात्मक हिसाबले तयार गर्दैछौं । यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं भन्ने वहाँहरुको भनाइ थियो ।”

    प्रधानमन्त्री ओलीले नेपालमा आगामी महिना हुन लागेको लगानी सम्मेलन बारे पनि ल्यांकास्टरलाई जानकारी गराउनु भएको छ । उहाँहरु बीच ब्रिटेनबाट कसरी बढी भन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको डा.भट्टराईले जानकारी दिनुभयो ।

    आजै प्रधानमन्त्री ओली र अष्ट्रियाका विदेश मन्त्री केरिन क्नाइसलबीच पनि शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा विद्युत र केवलकारका विषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिनुभयो ।

    “अष्ट्रियाको भूगोल र नेपालको भूगोल उस्तै भएकोले त्यहाँ प्रयोग गरिएको प्रविधि हामी कहाँ पनि उपयुक्त हुन्छ” भट्टराईले भन्नुभयो “खासगरी विद्युत र केवुलकार निर्माणका विषयमा वहाँहरु बीच छलफल भएको छ ।”

    प्रकाशित:फाल्गुन १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्