लमजुङमा प्रदेशस्तरीय महोत्सवको तयारी 

- आश गुरुङ,  लमजुङ

    फाल्गुन १२, २०७५

    लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सवको तयारी गरिएको छ । लमजुङ उद्योग वाणिज्य संघले प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सवको तयारी गरेको हो । संघको आयोजनामा फागुन १७ गतेदेखि २६ गतेसम्म बेंसीसहर नगरपालिका ८ दनाईफाँटमा महोत्सव सञ्चालन हुने छ । संघले आइतबार बेंसीसहरमा पत्रकार भेटघाट गरी महोत्सवको बारेमा जानकारी गराएको हो ।

    ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः, नागरिक समृद्धिका लागि लगानी मैत्री वातावरण’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक राजेश थापाले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लामै उद्यमी बनाई आर्थिक विकासमा टेवा पु¥याउन महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवले साना तथा मझौला उद्योगको स्थापनामा प्रवद्र्धन गराई युवा जनशक्तिमा विदेशिनबाट रोक्ने उहाँले बताउनुभयो । महोत्सव मार्फत परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गरिने उहाँले बताउनुभयो ।

    संघका निवर्तमान अध्यक्ष एवं पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक रामकुमार श्रेष्ठका अनुसार महोत्सवले पर्यटकीय ठाउँको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने छ ।

    उहाँका अनुसार महोत्सव मार्फत व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी आत्मनिर्भर बनाउने, अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रवद्र्धन गर्ने, परम्परागत खाना महोत्सव संचालन गर्ने, होमस्टेको प्रवद्र्धनात्मक कार्य गरिने छ । महोत्सवमा २ सय ५० वटा स्टल रहने छन् ।

    १० वटा होटल तथा रेष्टुरेण्ट, ४० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल रहने छन् । संघका महासचिव कृष्णजंग गुरुङका अनुसार महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिभर २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।  

    प्रकाशित:फाल्गुन १२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्