ओस्कार अवार्ड :  उत्कृष्ट फिल्म 'ग्रीन बुक'

- रेडियो कान्तिपुर,
  •  उत्कृष्ट अभिनेता रामी मालेक,  उत्कृष्ट अभिनेत्री ओलिभिया कोलमेन
अभिनेता रामी मालेकले ओस्कार अवार्डमा उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । यस्तै ओलिभिया कोलमेनले चलचित्र द फेवरेटबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

फाल्गुन १३, २०७५

-  चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं  संस्करणको ओस्कार अवार्ड समारोहमा जिम बुर्कले निर्माण गरेको यस चलचित्रले सर्वोत्कृष्ट अवार्डसहित  ३ वटा अवार्ड आफ्नो पोल्टामा पार्‍यो । यसै चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते । यस्तै सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुककै पोल्टामा पर्‍यो । चलचित्र  अस्वेत व्यत्तिको स्वेत ड्राइभरको कथामा आधारित छ ।

अभिनेता रामी मालेकले ओस्कार अवार्डमा उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । चलचित्र ‘बोहेमियन राप्सोडी’ मा फ्रेडी मर्करीको भूमिकाका लागि मालेकले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।

मालेकले ‘भाइस’ मा पूर्व अमेरिकी राष्ट्रपति डिक चेनीको भूमिकामा देखिएका क्रिस्टियन बेल र ‘अ स्टार इज बर्न’ मा ज्याक मेनको भूमिकाका देखिएका ब्राड्ले कूपरलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

यस्तै ओलिभिया कोलमेनले चलचित्र द फेवरेटबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । ब्रिटिस कलाकार कोलमेनले कमेडी ड्र्रामामा निभाएको भूमिकाका लागि उनले अवार्ड हात पारेकी हुन् । 

यस्तै अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।  ’रोमा’ नामक अर्ध आत्मवृतान्तमा आधारित फिल्मका लागि उनले सो अवार्ड प्राप्त गरेका हुन् ।  उनको यो दोस्रो ओस्कार हो ।  उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए।

 

 यस्तै पिरियड, एण्ड अफ सेन्टेन्सले छोटो विषय अन्तर्गत उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ ।

 उत्कृष्ट ओरिजिनल गीततर्फ भने लेडी गागाले ओस्कार अवार्ड जितेकी छिन् । अ स्टार इज बर्न नामको एल्बममा रहेका उनकोे शोलो गीतबाट गागाले ओस्कार जितेकी हुन् ।

प्रकाशित:फाल्गुन १३, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्