पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

- दीपक परियार, लेखनाथ

    फाल्गुन १५, २०७५

    पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । गन्धर्व थिएटरमा भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयो ।

    उहाँले  चालू आर्थिक वर्षभित्रै प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी भइरहेको बताउनुभयो । विभिन्न जातजातिको संस्कार, संस्कृति झल्कने बहुसांस्कृतिक ग्राम बनाउन जग्गाको खोजी भइरहेको उहाँले बताउनुभयो ।

    फागुन २२ सम्म हुने महोत्सवमा नेपालका ५, भारतका २ र मेसेडोनियाको १ नाटक सहभागी छन् । पोखरा थिएटरको प्रस्तुति ‘निरमाया’ उद्घाटन नाटकका रुपमा प्रदर्शन भएको छ ।

    फागुन १६ मा भारतको ‘ब्ल्याक एन्ड ह्वाइट’, १७ मा मेसेडोनियाको ‘प्राइभेट कन्फेसन’, १८ मा नेपालको ‘कन्फेसन’, १९ मा नेपालकै ‘गैंडा टाइम्स’, २० मा भारतको ‘इन ट्रान्जिट’, २१ मा नेपालको ‘मेमोरी यार्ड’ र २२ मा युथ क्रियसन थिएटरको ‘घेरो’ मञ्चन हुने छन् ।

    प्रत्येक नाटक मञ्चन भएको भोलिपल्ट बिहान निर्देशक एवं कलाकारसँग छलफल राखिएको छ । महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो ।

    महोत्सव उद्घाटन अघि कलाकारको समूहले बाजागाजासहित ¥याली गरेको थियो । गैह्रापाटनमा रहेको महोत्सवस्थलबाट सुरु भएको ¥याली, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै पुनः महोत्सव स्थलमा पुगेर टुंगिएको थियो । 

    प्रकाशित:फाल्गुन १५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्