हिउँले पुरिएर याक–चौरी मरे

- आश गुरुङ, लमजुङ

    फाल्गुन १७, २०७५

    - हिमाली जिल्ला मनाङमा हिमपहिरो र हिउँले पुरिएर याकचौंरी मरेका छन् । कयौं बेपत्ता छन् । महिनादिनको हिमपातले खाना नपाउनुका साथै हिमपात र चिसोले समेत मर्न याकचौंरी मर्न थालेको स्थानीयले बताएका छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नार्पाभूमि र नासों गाउ“पालिकाको हरेक गाउ“का वासिन्दाले याकचौंरी पालेका छन् ।

    एक्कासी हिमपात भएपछि जसोतसो मानिसले ज्यान जोगाएर बस्तीमा फर्किएपनि लेक र जंगलमा छाडिएका याकचौंरीको अवस्था अज्ञात छ । जिल्लाभर कम्तीमा डेढसय याकचौंरी मरेको अनुमान गरिएकोछ ।

    उत्तिकै संख्यामा हिमपहिरोमा परी हराइरहेका छन् । तत्कालीन जिल्ला पशु सेवा कार्यालयको पछिल्लो तथ्यांक अनुसार मनाङका २ सय गोठमा ३ हजार बढी याक–चौंरी छन् ।

     

    प्रकाशित:फाल्गुन १७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्