पार्टी एकता दुई दिनपछि सकिन्छ : दाहाल 

- देवनारायण साह, विराटनगर

    फाल्गुन २०, २०७५

    - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अबको दुई दिनपछि सकिने दाबी गर्नुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी एकताको सम्पूर्ण प्रक्रिया अन्तिम चरण पुगेको बताउनुभयो ।

    पार्टी एकताका लागि प्रदेशहरुको प्रस्ताव पारित भइसकेको समेत उहाँले जानकारी दिनुभयो । पछिल्लो निर्णय र घोषणाहरुले सरकारको कामकाज पनि अघि बढिरहेको अध्यक्ष दाहालको भनाई थियो । उहाँले सरकारले अब चाँडै गति लिने विश्वास व्यक्त गर्नुभयो ।

    फरक प्रसंगमा अध्यक्ष दाहालले मन्त्रीमण्डलको समिक्षा बारे कुनै निर्णय नभएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो। ‘हामी दुई अध्यक्षबीच मन्त्री हटाउने र घटाउने विषयमा कुनै किसिमको कुराकानी भएको छैन ।’ उहाँले अहिलेको दुई तीहाईको बामपन्थी सरकार र पार्टी एकता असफल पार्न मुलुकमा अतिवाद चरित्र प्रदर्शन भइरहेको बताउनुभयो । 

     

    प्रकाशित:फाल्गुन २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्