फिल्म संरक्षणका लागि कार्यशाला 

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन २१, २०७५

    - चलचित्र विकास बोर्डको पहलमा आज फिल्म संरक्षण सम्बन्धी कार्यशाला सुरु भएको छ । काठमाडौंको चावहिलस्थित बोर्डकै प्रिभ्यु थिएटरमा जारी कार्यशालामा  ँक्ष्ब्ँ का तालीम संयोजक बेलायत निवासी डेभिड वल्स र भारतीय शिवेन्द्र सिंह डुंगरपुरले एक प्रशिक्षण दिइरहनुभएको छ ।  यसअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिवेन्द्रले एनालग प्रविधिसँगै  डिजिटल युगमा पनि फिल्मको संरक्षणको रणनीति उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘फिल्म संरक्षण गर्ने कुरा गर्दा धेरैले एनालग प्रविधिमा खिचिएका फिल्मलाई डिजिटाइज गर्ने भन्ने मात्र बुझ्नु भएको छ । तर, डिजिटल फम्र्याटमा खिचिएका फिल्मलाई पनि उत्तिकै जतन गर्न जरुरी छ । नेपालका धेरै फिल्म मुम्बईका स्टुडियोमा अलपत्र अवस्थामा देखेको स्मरण गर्दै उहाँले नेपालले आफ्ना फिल्म संरक्षणमा काम गर्न ढिला गर्न नहुने सुझाउनुभयो । 

    अन्तर्राष्ट्रिय फिल्म आर्काइभ संघका सदस्य तथा ट्रेनर डेभिड वेल्सले फिल्मले समय र संस्कृति पनि जीवित राख्ने भएकाले इतिहासका लागि पनि धेरै फिल्महरु जीवित राख्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, , ‘हामी जस्तोे धेरैले भविष्य सोचेर काम गरिरहेका हुँदैनौं । तर, आज गरेको काम भोलिको पुस्ताका लागि पनि जीवित रहनु पर्छ ।

    फिल्म, डकुमेन्ट्री वा अन्तर्वार्ता नै किन नहोस् तिनको महत्व हुन्छ र तिनलाई संरक्षण गर्ने विशेष विधि छ । एक दिनमा सबै कुरा त सिकाउन सकिन्न तर हामी धेरै भन्दा धेरै फिल्मकर्मीलाई यस बारेमा सचेत गराउन चाहान्छौँ ।’

    चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले चलचित्र विकास बोर्डले १२ फिल्मलाई डिजिटाइज गर्ने प्रक्रिया सुरु भएको जनाउँदै यसरी संरक्षण गरिएका फिल्मलाई विशेष प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो । बोर्डका अधिकृत चिरञ्जीवी गुरागाइँले कार्यशाला बोर्डको लामो समयपछिको प्रयत्नले सम्भव भएको जनाउँदै नेपाली फिल्म मेकरलाई धेरैभन्दा धेरै लाभ लिन आग्रह गर्नुभयो ।

    प्रकाशित:फाल्गुन २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्