‘चट्ट रुमाल क्या मालुम' को नयाँ भर्सन सार्वजनिक 

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन २२, २०७५

    -करीब बीस बर्ष पुरानो सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’को नयाँ भर्सन सार्वजनिक भएको छ । हिजो सार्वजनिक गीतको अडियो तथा भिडियोमा नयाँ पुस्ताका कलाकारहरु मात्र छन् । गीतमा धर्मेन्द्र सेवान र मेलिना राईले गाएको गीतको संगीतमा कुनै परिवर्तन छैन भने रि–एरेन्ज गरिएको छ । गीतलाई राजन ईशानले एरेन्ज गरेका छन् ।

    गीतको भिडियोमा नायक सलिनमान बनिया“, सलोन बस्नेत, नायिका मलिका महत, प्रेक्षा बज्राचार्य लगायतका कलाकार फिछर्ड छन् । भिडियो प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । चैत्र २९ गते रिलिज हुने चलचित्र ‘यात्रा’मा यो गीत समावेश गरिएको छ ।

     

    प्रकाशित:फाल्गुन २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्