हराएको पेस्तोल भेटियो

- प्रिन्स गौतम, काठमाडौं

    फाल्गुन २२, २०७५

    ताप्लेजुङमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा हराएको नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटिएको छ । फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा हराएको नाइन एम.एम.को पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

    अस्थायी प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल फेला पारेको हो । मोवाईल भने पूर्णरुपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    गत बुधबार भएको दुर्घटनामा संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, उहाँका अंगरक्षक जमदार घिमिरेसहित ७ जनाको निधन भएको थियो ।   

     

    प्रकाशित:फाल्गुन २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्