विशेष महाधिवेशन बोलाएर देखाउन सभापति देउवाको चुनौती

- देवनारायण साह, मोरङ
  • विधानमा संशोधन नगरिएको सभापति शेरबहादुर देउवाको दाबी
‘पार्टीका जिल्ला सभापतिहरुको कतिपय विषयमा असहमति हुन सक्छ र कतिपय कुरा जायज पनि हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘जिल्ला सभापतिहरु कुरो बुझछु ।’ 

फाल्गुन २३, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ५६ जिल्ला सभापतिहरुलाई विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती दिनु भएको छ । मोरङको विराटनगरमा पत्रकारहरु भेटघाटमा सभापति देउवाले कार्य समितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिनु भएको हो ।

‘पार्टीका जिल्ला सभापतिहरुको कतिपय विषयमा असहमति हुन सक्छ र कतिपय कुरा जायज पनि हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘जिल्ला सभापतिहरु कुरो बुझछु ।’ 

कांग्रेसका ५६ जिल्ला सभापतिहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै स्वतः प्रतिनिधिको प्रावधान संशोधन नगरे विशेष केन्द्रीय महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने चेतावनी दिएका थिए । उनीहरुले समानुपातिक तथा समावेशी कोटा दोहो¥याउन नपाउने व्यवस्था समेत विधानमा राख्नुपर्ने माग गरेका छन् ।

कांग्रेसको २०७५ पुस २९ गते देखि ९ गते सम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकमा अधिकांश महासमिति सदस्यहरुले विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धित प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्न म्याण्डेट दिएका थिए । तर केन्द्रीय कार्य समितिको बैठकले महासमिति सदस्यहरुले दिएको म्याण्डेटलाई लत्याएर विधान पास गरेका थिए । 

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले महासमिति बैठकमा उक्त विषयहरु उठेको तर निर्णय नभएकोले विधानमा संशोधन नगरिएको दाबी गर्नुभयो । जिल्ला सभापतिहरुले जारी गरेको विज्ञप्तिमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सो विषयमा विधान संशोधन गर्ने प्रतिबद्धता जनाएको उल्लेख थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहित बुधबार बिहान पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकलाई सभापति देउवाले प्रजातान्त्रिक प्रक्रियाको संज्ञा दिएको छ । उहाँले पार्टीका साथीभाइहरुले कुनै विषयमा बसेर छलफल गर्नुलाई अस्वभाविक रुपमा लिन नमिल्ने बताउनुभयो । सभापति देउवाले आफूलाई पार्टी चलाउन कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘तीन वर्षदेखि पार्टी सञ्चालन गर्दै आएको र अहिले पनि गर्न कसले रोक्छ, गरिरहेको छु त ।’ 

चाक्सीबारी बैठकले देउवाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको र अब पनि सहमतिमा काम नगरे कार्य समिति बैठक बहिष्कार गरेर काम गर्न नदिने निर्णय गरेका थिए । पार्टी महाधिवेशन लम्ब्याएर देउवाले कार्य समितिको म्याद थप्ने दाउमा रहेको छ । ‘समयमा नै महाधिवेशन गराउँछु तर त्यो परिस्थिति अनुसार हुन्छ,’ उहाँले भन्नुभयो, ‘देउवाले आफ्नो विरुद्धमा लाग्नेलाई पार्टीको चुनावले जवाफ दिन्छु ।’ 

पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाबीच टकराबको विषयमा सञ्चारकर्मीको जिज्ञासामा देउवाले डा. शेखरलाई पटक पटक आफ्नो विरोधमा नबोल्न सम्झाउँदा पनि नमान्दा आफूले जवाफ मात्रै दिएको बताउनुभयो । कोइरालाले तपाईँ विरुद्ध दिइरहेको अभिव्यक्तिले पार्टीमा कारबाही हुन्छ की भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टीमा बोलेकै भरमा कसैलाई कारबाही नहुने प्रष्ट पार्नुभयो ।

प्रकाशित:फाल्गुन २३, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्