आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते

- लक्ष्मी जिसी, काठमाडौं

    फाल्गुन २७, २०७५

    आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते गर्ने गरी राष्ट्रिय खेलकुद परिषद राखेपले तयारी थालेको छ । राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरी राखेप बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    कार्यकारी समितिको सिफारिसलाई अनुमोदन गर्न राखेप बोर्ड बैठक चैतको पहिलो साता बस्ने बताइएको छ ।

    राखेप सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा आज बसेको बैठकले चैत १९ गतेबाट केहि खेल सुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी सिफारिस गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

    यसअघि माघमा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि सार्नुपरेको थियो । 

    प्रकाशित:फाल्गुन २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्