सुवासचन्द्र नेम्वाङ भन्नुहुन्छ, ‘सिके राउत मुलधारमा आउनु मुलुककै लागि फाइदा हो’

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    फाल्गुन २९, २०७५

    सुवासचन्द्र नेम्वाङ भन्नुहुन्छ, ‘सिके राउत मुलधारमा आउनु मुलुककै लागि फाइदा हो ।’ 

    The Headliners | Journalist Prakash Pathak | 13 March 2019

    सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार र सिके राउतबीच भएको सहमतिले मुलुकलाई कुनै असर नगर्ने बताउनुभएको छ । मुलुक संविधान अनुसार चल्ने र राउत संविधानको दायराभित्र आएकाले सो सहमतिले कुनै असर नगर्ने बताउनुभएको हो ।

    रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले यसअघि विखण्डनका लागि काम गरिरहेको व्यक्ति मुलधारमा आउन चाहनु मुलुककै लागि उपलब्धिपूर्ण हुने उल्लेख गर्नुभयो । सार्वभौमिकता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको विषयमा संविधान संसोशोधन गर्न नसकिने र राउत पनि सोही प्रावधानको मातहतमा आएकाले टिप्पणी गर्नुपर्ने आवश्यक नरहेको उहाँको तर्क थियो ।

    उहाँले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको विषयमा भने अदालतको क्षेत्राधिकारको विषय सरकारसँग जोड्न नहुने उल्लेख गर्नुभयो । नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई पनि अराजक गतिविधी त्यागेर मुलधारमा आउन उहाँको आग्रह थियो । फरक प्रसङ्गमा उहाँले पार्टी एकताको बाँकी काम सक्न अध्यक्षद्धयले गृहकार्य गरिहरेको बताउनुभयो । एकता भएको १० महिना हुन लाग्दा समेत एकतको काम नसकिएकाले अध्यक्षद्धयले नै अग्रसरता देखाउनुभएको उहाँको भनाई छ ।

    Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinionNews from all over the nation.

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    Each hour we uncover the most interesting and informative articles from around the world.

    Listen the latest news and breaaking news today for Nepal, world, weather, eantertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .

    Like us at: https://www.facebook.com/kantipurradio

    Follow us at: https://twitter.com/kantipurfm961

    प्रकाशित:फाल्गुन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्