देश फेरि गम्भीर दुर्घटनामा फस्यो : कांग्रेस नेता डा. शेखर कोइराला

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र १, २०७५

    देश फेरि गम्भीर दुर्घटनामा फस्यो :  कांग्रेस नेता डा. शेखर कोइराला 

    The Headliners | Journalist Prakash Pathak | 15 March 2019

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कार्यशैली र पछिल्ला निर्णयविरुद्ध जनताकै तहबाट आन्दोलन आवश्यक रहेको बताउनु भएको छ । सरकार स्वेच्छाचारी र दम्भको मानसिकताबाट अघि बढेको बताउँदै नेता कोइरालाले सरकारले तत्काल आफुलाई नसच्याए, मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिनुभयो । 

    रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका नेता कोइरालाले वर्तमान सरकारका निर्णयका कारण मुलुकमा नयाँ द्वन्द्वको विजारोपण भएको उल्लेख गर्नुभयो । समस्या समाधानका अनेकौ विकल्प हुँदाहुँदै पनि सरकारले गलत बाटो रोजेकाले समस्या सृजना भएको उहाँको भनाई छ । 

    सिके राउतसँगको सम्झौताका क्रममा उल्लेख गरिएको जन अभिमत शब्दको तात्पर्य जनमत संग्रह नै भएको जिकिर गर्दै नेता कोइरालाले त्यसको आडमा राउत समुहले तराईमा गृहकार्य सुरु गरिसकेको उल्लेख गर्नुभयो । 

    प्रकाशित:चैत्र १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्