सुनसरी टेक्निकलले सुरु गर्यो बीआइएम र बीएचएम

- प्रदीप मेन्याङ्बो, सुनसरी

    चैत्र २, २०७५

    धरानस्थित सुनसरी टेक्निकल कलेजले प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिक शत्रदेखि चार वर्षे ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) कार्यक्रम सुरु गरेको छ । पूर्वका केही कलेजमा बीएचएम अध्ययन हुँदै आएको छ ।

    तर बीआइएम पहिलो पटक धरानमा सुरु गरेको हो । २०५२ सालमा सिटिइभिटिको सम्बन्धनबाट २ वटा प्राविधिक एसएलसी तहको अनमी र ल्याब एसिस्टेन्ट कार्यक्रमबाट सुरु गरेको कलेजको बीएचएम र बीआइएम १८ औं थप नयाँ कार्यक्रम हो । शनिबार कलेज परिसरमा थप विस्तार गरिएको प्राविधिक शैक्षिक कार्यक्रमको बारेमा जानकारी दिदै संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक लेखिराज सुब्बाले भन्नुभयो, ‘अरु प्राविधिक विषय अध्ययन गरेकालाई जस्तै बीएचएम र बीआइएम जनशक्तिको माग समय सापेक्ष रुपमा बढेकाले यसै शैक्षिक शत्रदेखि लागूहुने गरी त्रिभुवन विश्वविद्यालयबाट दुबै कार्यत्रमको सम्बन्धन लिएका छौं ।’ 

    बीएचएमले होटल व्यबस्थापनको अध्ययन गर्छ भने बीआइएमले बैंकिङ प्रणालीको कम्प्युटराइज सिस्टमको व्यवस्थापन, अध्ययन, अध्यापन गर्छ । अध्यक्ष सुब्बाका अनुसार ठूला कम्पनी र कार्यालयहरुमा प्रबन्धक पदको लागि यो विषय अध्ययन गरेको जनशक्ति खपत हुन्छन् । यो शैक्षिक कार्यक्रम सुनसरी टेक्निकल कलेजले पूर्वमा पहिलो पटक ल्याएका हो ।’ उहाँले हस्पिटालिटीको क्षेत्रमा बीआइएम अध्यन गरेका जनशक्तिका लागि धेरै अवसर भएकाले युवाहरुमा यसैमा आकर्षण बढेकाले नयाँ कार्यक्रम थपिएको बताउनुभयो ।

    ३०/ ३० जनाको कोटा रहेको बीएचएम र बीआइएम कार्यक्रमका लागि जग्गा, भवन, कक्षा कोठा ल्याब सहितको संरचना तयार गर्न ५ करोड रुपैयाँ लगानी गरिएको अध्यक्ष सुब्बाले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘कलेजको धरान– १ स्थित मुख्य भवन रहेको छ । थप नयाँ कार्यक्रम बीएचएम र बीआइएमको लागि कलेजले धरान– ११ मा नयाँ संरचना निर्माण गरेको छ ।’ नेपालमा पर्यटन उद्योग फस्टाउँदै गएकोले दक्ष जनशक्तिको खाँचो पूर्ति गर्न बीएचएमको अध्यापन विस्तार गरेको कलेजका बीएचएमकी विभागीय प्रमुख स्तुती श्रेष्ठले बताउनुभयो । 

    प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न एउटै शैक्षिक संस्थामा धेरै प्राविधिक शैक्षिक कार्यक्रम संचालन गर्ने मध्ये सुनसरी टेक्निकल कलेज निजी स्तरमा संचालित शैक्षिक संस्था पूर्वको नमूना मानिन्छ । कलेजले स्नातकोत्तर तहका एमएस्सी माइक्रोबायोलोजी र एम एस्सी बायोटेक्नोलोजी जस्ता शैक्षिक कार्यक्रमका साथै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनमा स्नातक तहको ४ वर्षे बी फार्मेसी, बी टेक फुड टेक्नोलोजी, बीएस्सी माइक्रोबायोलोजी, बी एस्सी जेनरल साइन्स, सिटिइभिटितर्फ प्राविधिक एसएलसी तहका माथिका २ सहित १८ महिने सीएमए, जुनियर कम्प्युटर टेक्निसियन, अफिस सेक्रेटरी कार्यक्रम, ३ बर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, सिभिल इञ्जिनियररिङ, फार्मेसी, सर्टिफिकेट लेवल इन मेडिकल ल्याब टेक्नोलोजी, एचए, डिप्लोमा इन रेडियोग्राफी (एक्स रे टेक्निसियन) कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  

    प्रकाशित:चैत्र २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्