खेल विश्लेषकहरु भन्छन् महिला साफ जित्ने नेपालको आधार बलियो छ

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र ३, २०७५

    खेल विश्लेषकहरु भन्छन् महिला साफ जित्ने नेपालको आधार बलियो छ 

    The Headliners | Journalist Pawan | 17 March 2019

    नेपालले पहिलोपटक आयोजना गरेको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने आधारहरु बलियो भएको खेल विश्लेषकहरुले बताएका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उनीहरुले पछिल्लो समय नेपाली महिला टोलीले पाएको सफलता र अन्तर्राष्ट्रिय अनुभवले पनि चेलीहरु बलियो प्रमाणित भएको तर्क गरे । कार्यक्रममा खेलविज्ञ सञ्जिव मिश्रले एन्फाको नयाँ नेतृत्वले महिला फुटबलको विकासमा सकारात्मक कार्यहरुको थालनी गरेको बताए । त्यस्तै नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले महिला फुटबलको विकासका लागि साफ च्याम्पियनसिप उपाधि कोशेढुङ्गा साबित हुने तर्क गरे ।

    प्रकाशित:चैत्र ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्