कृषियोग्य जग्गाको कित्ताकाट फुकुवा गरिएको छैन : मन्त्री अर्याल

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र ४, २०७५

    कृषियोग्य जग्गाको कित्ताकाट फुकुवा गरिएको छैन : मन्त्री अर्याल

    The Headliners | Journalist Pawan | 18 March 2019

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कषियोग्य जग्गाको कित्ताकाट सरकारले फुकुवा नगरेको स्पष्ट पार्नुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहा“ले व्यवस्थित बसोबासका लागि स्थानीय तहले वर्गीकरण र तोकेको जग्गामा मात्रै आवास निर्माण वा अन्य प्रयोजनका लागि कित्ताकाट गर्न सकिने उल्लेख गर्नुभयो । 

    फरक प्रसङ्गमा उहा“ले आगामी असार मसान्तभित्र काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयलाई पूर्ण डिजिटल स्वरुपमा ढालिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सेवाग्राहीलाई चुस्त र दुरुस्त सेवा प्रदान गर्न र सरकारी कार्यालयहरुमा विचौलियाको चलखेल रोक्न मालपोत र नापीमा अनलाइन सेवा शुरु गरिएको मन्त्री अर्यालले बताउनुभयो ।

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्