स–साना टुक्रे योजना कार्यान्वयनमा समस्या भएको जनप्रतिनिधिको गुनासो

- अमृता अनमोल, रुपन्देही

    चैत्र ४, २०७५

    - प्रदेश सरकारले स–साना टुक्रे योजना पठाउँदा कार्यान्वयनमा लैजान समस्या भएको प्रदेश ५ का स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका छन् । वडा र टोल स्तरका काममा प्रदेशले हात हाल्दा स्थानीय तहको अपनत्व नहुने र कार्यक्रमको परिणाम समेत निकाल्न नसकिने उनीहरुले बताए । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्त रुपमा मुख्यमन्त्री शंकर पोखरेलललाई आज विज्ञप्ती बुझाउँदै यस्तो बताएका हुन् ।

     प्रदेश सरकारले आफूखुसी बजेट विनियोजन गर्दा आवश्यकतामुखी भन्दा पनि पहुँचमुखी हुने भन्दै उनीहरुले स्थानीय तहको बजेटलाई मात्रै प्राथमिकता दिन आग्रह गरे । गाउँपालिका महासंघ र नगरपालिका संघले बुटवलमा २ दिने भेला गरेर १२ बुँदे ज्ञापन पत्र तयार गरेका थिए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शंकर पोखरेलले कति रकमसम्मको बजेट संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने भन्नेबारे योजना आयोगलाई नै सिलीङ बनाउन आग्रह गरेको बताउनुभयो । 

    गत वर्ष स्थानीय तहसँग पर्याप्त छलफल नभएको र प्रदेश संरचना तयार नभएकाले योजनामा दोहोरोपन भएपनि आगामी वर्ष यस्तो नहुने उहाँको भनाइ थियो । कतिपय साझा सूचीमा परेका अधिकार कार्यान्वयन गर्दा कृषि, शिक्षा र वनका स–साना बजेट समेत प्रदेश सरकारले कार्यान्वयन गरेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसमा समन्वय गर्न सकिने बताउनुभयो ।  

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्