अझै सुरु भएन पुरातात्विक नुवाकोट दरबारको पुनर्निर्माण

- कृष्ण थापा, नुवाकोट

    चैत्र ४, २०७५

    - साढे तीनवर्षदेखि टेकोको भरमा रहेको नुवाकोटस्थित साततल्ले दरबारको पुनर्निर्माण अझै सुरु भएको छैन । २०७२ साल वैशाख १२ गतेको महाभुकम्पले क्षति पुर्‍याएको साततल्ले र यसको वरिपरिका पुरातात्विक संम्पदा मठमन्दिर नासिने अवस्थामा छन् । 

    साततल्ले दरबारको दक्षिण र पश्चिम मोहडाको गारो लडेको छ । सोही गारो अड्याउन फलामे टेको लगाइएको छ । दरबारका टुंडाहरु समेत झर्न थालेका छन् । मन्दिरको पा“चौदेखि सातौँ तल्लासम्मको गारो भत्किएको छ ।

    दरबारभित्र राजा पृथ्वीनारायण शाहको जीवित अवस्थामा बनाइएको दुई रानीसहितको ढलोटको शालिक तथा उनले प्रयोग गरेका सामाग्री, पुनर्निर्माण हुँदै गरेको नुवाकोट भैरवीदेवीको पुराना सामाग्री छन् । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयालले पुरातत्व विभागबाट छिटै पुनर्निर्माण हुने जानकारी बाहेक केही नआएको बताउनुभयो । 

     

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्