रेडपाण्डाको छाला सहित पक्राउ परेका बिक कारागार चलान

- हरि गौतम, रुकुम पश्चिम

    चैत्र ४, २०७५

     -दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित रुकुम पश्चिमबाट पक्राउ परेका एक जना पूर्पपक्षका कारागार चलान भएका छन् । थुनछेक बहसपछि जिल्ला अदालतले ३ थान रेडपाण्डाको छालासहित पक्राउ परेका बाँफिकोट गाउँपालिका, ३ कोलचौरका २३ वर्षिय विकास बिकलाई पूर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    जिल्ला न्यायधिश आत्मदेव जोशीकोको इजलासले थप अनुसन्धानका लागि बिकलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको निमिक्त श्रेष्तेदार लक्ष्मण विकले बताउनुभयो । गत फागुन १० गते प्रहरीले मुसीकोट नगरपालिका, १ को गिल्बाङबाट विकलाई रेडपाण्डाको छालासहित पक्राउ गरेको थियो ।

    प्रहरीले विकलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा पेस गरेको थियो । आवश्यक अनुसन्धानपछि डिभिजन वन कार्यालयले विकलाई थुनछेक बहसका लागि अदालेत पेस गरेको हो । अदातलको आदेशपछि बिक जिल्ला कारागार चलान भएका छन् ।

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्