बर्डफ्लुको प्रकोप: मकवानपुरमा ४१ हजार १ सय २५ कुखुरा नष्ट 

- प्रताप विष्ट, हेटौडा

    चैत्र ४, २०७५

    - मकवानपुर जिल्लाको बर्डफ्लु भेटिएको क्षेत्रमा ४१ हजार भन्दा बढी  कुखुरा नष्ट गरिएको छ । हेटौंडा उपमहानगरपालिका–७ स्थित कमाने क्षेत्रमा बर्डफ्लु भेटिएका क्षेत्रका ४१ हजार १ सय २५ वटा कुखुरा,६ हजार ८ सय ९० अन्डा,२ सय ७८ केजी दाना नष्ट गरेको प्रजिअ अस्मान तामाङले बताउनुभयो  शनिवारदेखि बर्डफ्लु प्रभावित क्षेत्रमा पशु पन्छी प्राविधिकहरुले कुखुरा नष्ट गर्न सुरु गरेका थिए ।

    सोमवार विहानसम्ममा  प्रभावित क्षेत्रमा रहेको कुखुरा,दाना र अन्डा नष्ट गर्ने कार्य गरेका थिए ।  भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन भागमा विभाजन गरेर त्यसक्षेत्रमा कुखरा नष्ट काम गरेको टोलीका प्रमुख डा. रामकुमार कार्कीले बताए ।  त्यसक्षेत्रका २५ वटा खोरका कुखुरा नष्ट गरिएका हुन ।

    सो क्षेत्रमा धमाधम कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो । बर्डफ्लु भएको पुष्टि हुने वित्तिकै स्थानीय प्रशासनले चार किल्ला तोकेर शिलबन्दी समेत गरेको थियो।

    बर्डफ्लु भेटिएको हेटौंडा–७, कमाने पूर्वमा हेटौंडा उपमहानगरपालिका–६ नम्बर र ७ नम्बर वडाको सिमाना, पश्चिम वनदेवी मन्दिर जानेबाट, उत्तरमा वनदेवी दुग्ध उत्पादक संस्था तथा दक्षिणमा अग्राठे मन्दिरलाई आधार मानेर चारकिल्ला तोकिएको थियो । सो क्षेत्रमा २०६९ साल साउनमा समेत बर्डफ्लु भेटिएको थियो । त्यस समयमा ११ हजार कुखुरा नष्ट गरिएको थियो । 

     

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्