चराको रोमान्स स्थल 'बर्जु ताल' बल्ल चर्चामा

- प्रदीप मेन्याङ्बो, सुनसरी

    चैत्र ४, २०७५

    - सुनसरीको दक्षिणी भेगमा रहेको बर्जुताल जैविक विविधता र चराहरुको रोमान्स गर्ने उत्कृष्ट थलो भएपनि  कमैले मात्र ध्यान दिएका थिए । बर्जुताल प्रकृतिक रुपमा आफैँमा फराकिलो, सुन्दर भएपनि लामो समयदेखि ओझेलमा पर्दै आएको थियो ।

    तर गत आइतबार  प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बर्जु ताल अवलोकन गरेपछि भने तालले चर्चा पाएको छ । विराटनगरदेखि १० किलोमिटर पश्चिम र सुनसरीको इनरुवादेखि १५ किलोमिटर, धरानबाट करिव ४० किलोमिटरको दुरीमा रहेको बर्जुताल १ सय ६० विगाह क्षेत्रफलमा फैलिएको छ । प्रधानमन्त्री ओलीले ताल अवलोकनका क्रममा तालको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्ने बताउनुभएको थियो । 

    यसैबीच,  एमाले नेतृ भगवती चौधरीले सरकारको नजरमा परेकाले तालको उचित संरक्षण हुने सके प्रदेश नम्वर १ कै एउटा उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,  ‘विराटनगर, इटहरी, इनरुवा आइपुग्ने पर्यटक एक पटक वर्जु पुग्नै पर्ने गरि संरक्षण, विकास र प्रचार प्रसार गर्नु जुरुरी रहेको छ ।

     एक दशक अघि बर्जुतालको जैविक विविधतामाथि अध्ययन गरेका विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका प्राणी शास्त्र विभागका सहप्राध्यापक कुलप्रसाद लिम्बुले भन्नुभयो, ‘कोशी टप्पु बन्य जन्तु आरक्षणको आफ्नै विशेषता भएपनि बर्जु ताल चराहरुको रोमान्स गर्ने नेपालकै उत्कृष्ट थलो हो । कोशी टप्पुमा चराहरु छरिएका अवस्थामा देख्न पाइन्छ भने बर्जुमा एकै ठाउँ ।

    उहाँका अनुसार बर्जुमा विशेष प्रजातिका चराहरुमध्ये कोम्ब डक, नर्दन पिन्टाइल, नर्दन शोभलर, युरेसियन विगन, कमन पोचार्ड, ग्रे हेडेड लापवीङ, माल्लार्ड कमन टिल, ग्याडवाल, लिटल ग्रेवे लगायत हुन् । उहा“ले भन्नुभयो, ‘ जैविक विविधता भरिएको बर्जुमा १ सय नौ“ प्रजातिका पंक्षिहरु छन् । 

     

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्